२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा शुभकामना आदानप्रदानपश्चात् सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकास क्रम र क्षेत्रीय सहयोगलगायत बहु आयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताए । उनले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाई दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौती पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एसियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गरे ।

उपराष्ट्रपति यादवले पछिल्लो राजनीतिक विकास क्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको जेन जेड आन्दोलनपश्चात् देश आमनिर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जन निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताए ।

क्षेत्रीय सहयोगका विषयमा उपराष्ट्रपति यादवले सन् १९८५ मा स्थापना भएको सार्कले विगत ३७ वर्षमा आपसी सहयोगका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र संगठनात्मक तथा कानुनी संरचना विकास भएको बताउनुभयो । नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले एक अर्ब ७० करोडभन्दा बढी जनताको आशा सार्कको प्रभावकारितामा रहेको भन्दै सदस्य राष्ट्रहरूले यसलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिए । उनले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइले सार्कको कार्यमा असर परेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले अवरुद्ध सम्मेलन छिट्टै आयोजना गर्न सहमति जुट्नेमा आफू आशावादी रहेको बताए ।

उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्णरूपमा प्रतिबद्ध रहेको बताए । उनले सार्कका उच्च बैठकहरू नभए पनि सार्कका क्रियाशील संयन्त्र तथा विभिन्न केन्द्रहरूलाई सार्कको मर्मअनुरूप क्षेत्रीय सहयोग अभिवृद्धिमा उपयोग गर्न महासचिवको विशेष ध्यान जाने अपेक्षा व्यक्त गरे ।

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा आफ्ना विचार र योजनाहरू व्यक्त गर्नुभएकोमा महासचिवलाई धन्यवाद दिँदै उनको सक्षम नेतृत्वले सार्कलाई थप सक्रिय बनाउन र क्षेत्रीय चुनौतीको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । महासचिव सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको सहकार्य अपरिहार्य रहेको र नेपाल सरकारको सहयोगप्रति आभार प्रकट गरे ।