काठमाडौँ । सर्वोच्च अदालतका ६ वटा इजलास निर्माणाधीन अवस्थामा रहेको भवनबाट सञ्चालन हुने भएको छ। सोमबारदेखि ६ वटा इजलास नयाँ भवनमा पनि इजलास सञ्चालन हुने बताइएको छ।
एक नम्बरदेखि पाँचौँ नम्बरको इजलास अहिले सञ्चालन भइरहेकै एनेक्स भवनबाट हुने भएको छ। संवैधानिक-पूर्ण, र ६ देखि १० औँ नम्बरको इजलास भने नयाँ निर्माणाधीन भवनमा सञ्चालन भएको छ।
भदौ २४ गते भएको जेन जेड आन्दोलनको क्रममा सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो।







