२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

अ+ अ-

दमौली (तनहुँ) । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ । 

यस भेगका सर्वसाधारणलाई सहज रूपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रूपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ । 

सम्झौता बमोजिम दैनिक रूपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने छ । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालयआँखा अस्पताललाई वार्षिक रु छ लाख उपलब्ध गराउनेछ भने बिरामीहरूबाट संकलित रकम गाउँपालिकाको आम्दानी हुनेछ । 

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त सहयोग समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् । 

त्यस्तै सदस्यहरूमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।