२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’

अ+ अ-

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका बिरुवाको संरक्षण थालेको छ । हिउँदयाममा पानीको अभावका कारण बिरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिँचाइ, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो ।

च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रङ्गशालाको आसपास क्षेत्रमा रोपिएका बिरुवालाई खडेरीबाट जोगाउन पानी व्यवस्थापन, मलजल, घेराबार तथा निगरानीका काम भइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखिएको छ । “च्याङ्ग्रे क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, उनले भने, “साउन–भदौमा रोपिएका बिरुवा हिउँदमा मर्ने सम्भावना रहेकाले संरक्षणमा विशेष ध्यान दिएका हौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गाउँपालिका र डिभिजन वन कार्यालयको साझेदारीमा च्याङ्ग्रे क्षेत्रमा विभिन्न जातका गुराँस, धुपी, कल्कीलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवाको संरक्षणका लागि हेरालुसमेत व्यवस्था गरिएको छ ।

हरियाली प्रवर्द्धनसँगै वातावरणीय सन्तुलन कायम राख्दै, भूक्षय नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। च्याङ्ग्रे क्षेत्र प्राकृतिक सौन्दर्य, पोखरी, खुला खेलमैदान र मनोरम दृश्यका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

गाउँपालिकाले आगामी दिनमा थप वृक्षारोपण, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । यसले स्थानीय पर्यटनसँगै रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।