२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक कैदीहरूको आचरणसम्बन्धी अभिलेख राख्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले कारागारमा रहने हरेक कैदीको आचरण सम्बन्धी फाइल तयार गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

आचरणको मूल्यांकनविना नै सबैजसो कैदीहरूको कैद छुटका लागि प्रस्ताव अघि बढ्ने र निर्णय समेत हुने गरेको भेटिएपछि सर्वोच्चले यस्तो निर्देशन दिएको हो ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा चालचलनमा सुधार आएका कैदीहरूको कैदकट्टा गर्न सकिने व्यवस्था छ । तर अहिलेसम्म उनीहरूको चालचलन र आचरणको अभिलेख राख्ने अभ्यास छैन ।

सर्वोच्च अदालतले त्यसैमा प्रश्न उठाई हरेक ६-६ महिनाका दरले कैदीको चालचलनको आवधिक मूल्यांकन गर्नु भनेर आदेश दिएको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, शारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले कैदीहरूको आचरणमा कुनै कैफियत देखिए त्यसको समेत अभिलेख राख्न भनेको छ ।

अनि आचरणमा सुधार देखिएका कैदीहरूलाई मात्रै कैद कट्टाको सुविधाका लागि सिफारिस गर्नु भनी आदेश दिएको हो ।