काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले परित्याग गरेको छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।
वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका यज्ञजित रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए ।
शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । शाहले ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए ।








