२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक आवास कार्यक्रमका लागि रकम कटौती

अ+ अ-

टक्सार (भोजपुर) । संघीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफैँ बजेट विनियोजन गरी शुक्रवारबाट रकम वितरण गर्न थालेको छ । पालिकाले विशेष अधिवेशनबाट एक करोड ५५ लाख २५ हजार रकम विनियोजन गरेको थियो ।

पालिकाले केन्द्रीय सरकार अन्तर्गत सघन सहरी विकास कार्यक्रम मार्फत विनियोजन हुनुपर्ने बजेट हालसम्म निकासा नभएपछि पालिका आफैँले स्रोत सुनिश्चित गरेको हो । पालिकाले सुरक्षित नागरिक आवास व्यवस्थित ऐन २०८२ निर्माण गरेर श्रोत सुनिश्चितता गरेको थियो ।

फुसको छानो हटाउने कार्यक्रममा पालिकाका ८७१ घरधुरी छनौट भएका थिए । जसमध्ये ७४२ घरधुरीले सम्झौता गरेकोमा ६०१ घरधुरीले जस्ता पाता फेरे पनि ३०१ घरधुरीले मात्र हालसम्म भुक्तानी लिएका छन् । गाउँपालिका अध्यक्ष थामबहादुर राईले ३०० घरधुरीले भुक्तानी लिन बाँकी रहेको र १४१ घरधुरीले बजेट अभावका कारण छाना फेर्न नसकेको बताए। भुक्तानी लिन बाँकी रहेको ३०० घरधुरीमध्ये २०७ घर धुरीको भुक्तानीका लागि एक करोड ५५ लाख २५ हजार बजेट सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। 

अध्यक्ष राईले भने, ‘संघीय सरकारले आफूले गरेको निर्णय आफैँले कार्यान्वयन नगर्दा आज धेरै वटा स्थानीय सरकार आलोचित बन्नु परेको छ भने अर्कोतिर नागरिकले सास्ती व्यहोर्नु परेको छ । स्थानीय सरकारले नागरिकको समस्या मध्यनजर गर्दै पालिकाले नै स्रोत सुनिश्चित गरेका छौँ । पछि संघीय सकारले बजेट निकास गरेको खण्डमा स्थानीय सरकारको आम्दानी जोड्ने छौँ ।’

भोजपुरलगायत अन्य धेरै स्थानीय तहमा फुसको छानो हटाउने कार्यक्रमको संघीय सरकारको सहरी विकास मन्त्रालयबाट बजेट निकास हुन नसक्दा लाभग्राही मारमा पर्दै आइरहेका छन् ।