२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिमियर लिगका पाँच क्लब अन्तिम १६ मा प्रवेश

अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । 

न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै टोलीले जित निकाल्दा न्युकासलले भने बराबरी खेल्यो । आर्सनलले काइरातलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो । आर्सनलले ८ खेलमै जित निकालेर २४ अंक जोडेर शीर्षस्थानमा रह्यो ।

लिभरपुलले काराबागलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो । लिभरपुल ८ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । टोटनहमले फ्रान्कफर्टलाई २–० ले पराजित गर्‍यो । टोटनहम १७ अंकका साथ चौथोमा रह्यो ।

यस्तै चेल्सीले नापोलीलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । चेल्सी १६ अंकका साथ छैटौं स्थानमा रह्यो । म्यान्चेस्टर सिटीले गालातासारेलाई २-० ले हराउँदै आठौं स्थानमा रहेर अन्तिम १६ का लागि छनोट हुन सफल भयो ।

न्युकासलले भने पीएसजीसँग १–१ गोलको बराबरी खेल्दा शीर्ष ८ भित्र पर्न सकेन र १२औं स्थानमा रहेर प्लेअफका लागि छनोट भयो ।

च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।