२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु हुँदै

अ+ अ-

सुरुङ्गा (झापा) । झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

डोमालाल राजवंशीले रङ्गशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको र यसमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्लब सहभागी हुने जानकारी दिए।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत, भुटान र मलेसियाका क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले रु २५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, नालीगुराँस एशोसिएशन नेपाल (पोखरा), रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत)र एन पेनाङ फुटबल क्लब (मलेसिया) सहभागी हुनेछन् । झापा गोल्ड कपका खेल यसवर्ष ‘गोल नेपाल’मार्फत प्रत्यक्ष प्रसारण हुने बताइएको छ । 

सातौँ संस्करणको उद्घाटनका अवसरमा स्व डोमालाल राजवंशीको शालिक अनावरण गरिनेछ । साथै जिल्लाका एक पूर्वफुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने कार्यक्रम तय गरिएको छ । साथै, रङ्गशाला स्थापना गर्न सहयोग गरेको भन्दै डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद रु एक लाख प्रदान गरिने छ । 

फुटबलमार्फत झापा जिल्लालाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको झापा गोल्ड कपले स्थानीय खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन र खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिए ।