२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।

उनले भनेका छन्, ‘भैपरि आउन सक्ने परिस्थितिहरूलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ। भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?’ 

उनले आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसकिने र अन्ध भक्ति गर्न नचाहेको बताएका छन् । 

‘सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन् ।

अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गएकोप्रति असन्तुष्ट जनाएका छन् । 

उनले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्ध भक्ति गर्न पनि नचाहेको पत्रमा उल्लेख गरेका छन् ।

‘प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, उनले लखेका छन्, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो ।’