२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सियोलमा नेपाली राजदूत डा.तुम्बाहाङफे सम्मानित

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ । 

कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहेकी छन् । 

कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यावसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा  राजदूत डा.तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताइन् । उनले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् । 

राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराइन्।  उनले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

उक्त कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तरराष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।