२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन

अ+ अ-

देवदह (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन्।

सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व (कर) सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताइन्। उनले भनिन्,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।” 

राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताइन्। त्यसैले पनि करको बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउनु अभियानको उद्देश्य रहेको उनले जानकारी दिइन्। निर्वाचनपछि यो अभियान सञ्चालन गरिने नगरपालिकाको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिए।

त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका–५ मा अवस्थित कृषि बजार भवन अन्तर्गत (ए ब्लक) सञ्चालन गर्न सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । “भवन सञ्चालन हुन नसकेकोबारे बारम्बार कुरा उठिरहन्छ । यसको सञ्चालनका लागि विगतमा समिति गठन गरेका थियौँ । समितिले एउटा रिपोर्ट पेस गरिसकेको हुनाले ए ब्लक सञ्चालनका लागि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको छ”, उनले भने । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन् ।