२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति सिग्देलद्वारा सुदूरपश्चिम पृतनामा निर्वाचन सुरक्षाबारे छलफल

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधान सेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।

प्रधान सेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।