काठमाडौँ । मनाङमा पनि नेपाली काँग्रेसले जितेको छ। काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्। योसहित काँग्रेसले दुई सीट जितेको छ। यसअघि मुस्ताङमा पनि योगेश गौचन थकालीले पनि जित निकालेका थिए।







