काठमाडौँ । सिन्धुली-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष् गजुरेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गजरेलले १७ हजार ३ सय ३८ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।
दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । तत्कालिन माओवादीको गढका रूपमा रहेको सिन्धुली-२ मा रास्वपाले जित हात परेको हो ।
यस्तै सिन्धुली २ मा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापा तेस्रो भएका छन् । उनले ११ हजार ७९ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सुशीला थिङ ६ हजार ६ सय ४८ मत सहित चौथो भएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ सय ८१ मत प्राप्त गरेका छन् ।







