काठमाडौँ । महोत्तरी-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल कुमार झा निर्वाचित भएका छन्।
झा ३२ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार रिजवान अन्सारीले मात्र ५ हजार ९ सय ६९ मत ल्याए । विजयी उम्मेदवार झा पेसाले इन्जिनियर हुन ।
पछिल्लो निर्वाचनमा स्वतन्त्र भएर प्रदेश सभा निर्वाचन भएका ३३ वर्षीय झा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए।







