२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा करिब ७ प्रतिशत मत बदर

अ+ अ-

म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो । 

यही फागुन २१ गते बिहीबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो । समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत विमल गौतमले बताए ।  

विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो । 

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार ३७८ मत खसेकामा पाँच दशमलव २५ प्रतिशत अथवा दुई हजार ६४६ मत बदर र ४७ हजार ७३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ । 

मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न नसकेको पाइएको छ ।  

राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवार समर्थकहरूले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्नेजस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताए । ८६ हजार ३९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो ।