काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता सचिन तिमल्सिनाले निर्वाचन खर्च विवरण बुझाएका छन्। काठमाडौँ क्षेत्र नं ४ बाट पराजित तिमल्सेनाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्।
उनले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको विवरण अनुसार कुल १९ लाख ४६ हजार ५२१ रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा धेरै खर्च सम्पर्क कार्यालय व्यवस्थापनमा गरेको देखिएको छ। सो शीर्षकमा उनले चार लाख ५० हजार खर्च गरेका छन्।








