२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । शंकर पोखरेलले चुनावी परिणाममा देखिने अल्पकालीन उत्साह वा ‘लहर’ले मात्रै स्थायी राजनीतिक उपलब्धि सुनिश्चित नगर्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणीमा उनले एक पटकको उल्लेखनीय जितलाई दीर्घकालीन स्थायित्वसँग जोडेर हेर्न नहुने उल्लेख गरेका हुन्। वर्तमान नेपाली सन्दर्भमा चर्चित ‘बालेन लहर’लाई उदाहरणका रूपमा लिँदै उनले विगतका अन्तर्राष्ट्रिय अनुभवसँग तुलना गरेका छन्।

भारतको सन् १९८४ को आम निर्वाचनलाई स्मरण गर्दै उनले त्यस समय राजीव गान्धी नेतृत्वको काँग्रेस (आई)ले अत्यधिक समर्थन प्राप्त गरेको उल्लेख गरे। तर त्यसपछिका चरणमा उक्त शक्ति क्रमशः कमजोर बन्दै गएको र भारतीय जनता पार्टीले बिस्तारै आफ्नो प्रभाव बढाउँदै गएको उनको विश्लेषण छ। हाल नरेन्द्र मोदीको नेतृत्वमा उक्त दल निरन्तर सत्तामा पुग्नुले दीर्घकालीन राजनीतिक सफलताको आधार फरक हुने संकेत गरेको उनले औँल्याएका छन्।

उनका अनुसार दीर्घकालीन सफलता हासिल गर्न संगठन सुदृढीकरण, कार्यसम्पादन क्षमता र निरन्तर जनसमर्थन प्रमुख तत्त्व हुन्। केवल चुनावी माहोल वा एक पटकको विजयले राजनीतिक स्थायित्वको सुनिश्चितता दिन सक्दैन।

नेपालको सन्दर्भमा पनि यही शिक्षा लागू हुने उल्लेख गर्दै उनले जनअपेक्षा सम्बोधन गर्ने क्षमता, संस्थागत मजबुती र समर्थनलाई निरन्तर कायम राख्ने रणनीतिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले यस्तो अनुभव र विश्लेषण विजयी र पराजित दुवै पक्षका लागि मार्गदर्शक बन्न सक्ने निष्कर्षसमेत प्रस्तुत गरेका छन्।