२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद् भवन निर्माण अवधि पुनः विस्तार, प्रगति ९५ प्रतिशत दाबी

अ+ अ-

काठमाडौँ । सिंहदरबार परिसरअन्तर्गत पुतली बगैँचामा निर्माण भइरहेको संघीय संसद् भवनको निर्माण अवधि फेरि बढाइएको छ। यसअघि तोकिएको पाँचौँ पटकको समयसीमा समाप्त भएपछि सहरी विकास तथा भवन निर्माण विभागले थप ९० दिनको अवधि प्रदान गरेको हो, जुन फागुन महिनादेखि लागू हुने बताइएको छ।

विभागका अनुसार निर्माण कार्य समग्रमा अन्तिम चरणतर्फ उन्मुख भए पनि अझै पूर्णता प्राप्त गर्न बाँकी रहेको छ। प्रवक्ता रोशन श्रेष्ठका अनुसार परियोजनाको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ९० प्रतिशत आसपास रहेको छ। प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७६ असोज १ गते शिलान्यास गरिएको उक्त आयोजना सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।

हाल प्रतिनिधि सभा कक्ष तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ। अस्थायी रूपमा शपथग्रहण तथा आवश्यक परे बैठक सञ्चालन गर्न मिल्ने गरी बहुउद्देश्यीय हलमा अडियो–भिडियो सुविधा जडान गरिएको छ।

निर्माणस्थलमा तीन सिफ्टमा काम सञ्चालन भइरहेको र दैनिक करिब चार सय कामदार संलग्न रहेको विभागले जनाएको छ। संरचनागत ९सिभिल० काम प्राय: सम्पन्न भइसकेको र आन्तरिक साजसज्जा तथा अन्तिम परिष्करणका काम बाँकी रहेको उल्लेख गरिएको छ। निर्धारित थप अवधिभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको र ढिलाइ भएमा जरिवानासम्बन्धी प्रावधान लागू हुने जनाइएको छ।

टुदी सेप जेभीले करिब पाँच अर्ब ३९ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको यो भवन १५१ रोपनी क्षेत्रफलमा फैलिएको छ। परियोजनाअन्तर्गत आठ ब्लक र १२ वटा छुट्टाछुट्टै संरचना समावेश छन्। चार सय सिट क्षमताको प्रतिनिधिसभा र एक सय सिट क्षमताको राष्ट्रिय सभा कक्ष निर्माणाधीन छन्, जसबीच मुख्य प्रवेशद्वार रहने संरचना तयार हुँदै छ।

यससँगै संसदीय दलका कार्यालय, समिति कक्ष, संसद् सचिवालयका भवन, पुस्तकालय, संग्रहालय, चमेना गृह, विशिष्ट व्यक्तिका लागि छुट्टै आवासीय संरचना, पार्किङ तथा सुरक्षा व्यवस्थाका पूर्वाधारहरू पनि समेटिनेछन्।

राष्ट्रिय महत्वको यस आयोजनामा भूकम्पीय सुरक्षालाई ध्यानमा राखी संरचनात्मक, वास्तुकला, विद्युतीय तथा स्यानिटरी पक्ष समायोजन गरिएको जनाइएको छ। राष्ट्रिय भवन संहिताअनुसार निर्माण भइरहेको भवनमा नेपाली मौलिकता झल्किनेगरी मल्लकालीन वास्तुकलाको प्रभाव समावेश गरिएको सम्बन्धित आयोजना कार्यालयले जनाएको छ।