२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर होटेल तथा रिसोर्ट दर्ता ३४९ पुग्यो, वर्गीकरण मापदण्ड अद्यावधिक गर्ने तयारी

अ+ अ-

काठमाडौँ । संघीय निकायअन्तर्गत रहेको पर्यटन क्षेत्रको अभिलेखअनुसार मुलुकभर दर्ता भएका होटेल तथा रिसोर्टको संख्या ३ सय ४९ पुगेको छ।

पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा देशभरका यी आवास संरचनामा कुल १६ हजार ३ सय ५० कोठा र २५ हजार ८ सय ८१ शय्या उपलब्ध रहेको उल्लेख छ। यस आधारमा पर्यटक स्तरका होटेलहरूले एकै समयमा झण्डै २५ हजार ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता देखिएको छ।

विभागको तथ्यांकअनुसार पाँचतारे स्तरका होटेल २८ वटा रहेका छन्, जसमा ३ हजार ६ सयभन्दा बढी कोठा र करिब ५ हजार ३ सय शय्या छन्। चारतारे होटेलको संख्या ४० पुगेको छ भने तीन तारे होटेल ३७ वटा रहेका छन्। त्यस्तै दुईतारे र एकतारे होटेल क्रमशः ४९ र ४४ वटा दर्ता भएका छन्।

उच्चस्तरीय विशेष संरचनामा पाँचतारे डिलक्स, लक्जरी बुटिक तथा हेरिटेज होटेलहरू पनि समावेश छन्। यसअन्तर्गत डिलक्स श्रेणीका तीनवटा, लक्जरी बुटिक तथा हेरिटेज प्रकारका तीनवटा, चारतारे स्तरका डिलक्सरहेरिटेज पाँचवटा तथा तीन तारे स्तरको नर्मल हेरिटेज बुटिक एकवटा रहेको विवरणमा उल्लेख छ।

यसैगरी रिसोर्टतर्फ साधारण, डिलक्स र लक्जरी गरी विभिन्न श्रेणीमा १ सय २७ साधारण रिसोर्ट, ९ डिलक्स रिसोर्ट र ३ लक्जरी रिसोर्ट दर्ता भएका छन्।

विभागका अनुसार हाल कार्यान्वयनमा रहेको वर्गीकरण मापदण्ड २०७६ सालको हो र समयसापेक्ष सुधारको आवश्यकता देखिएकाले नयाँ मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। सोही सन्दर्भमा सरोकारवालासँग सुझाव संकलन गरिएको छ।

विभागले विद्यमान मापदण्डमा सुधार गर्नुपर्ने पक्ष, वातावरणमैत्री तथा दिगो पर्यटन प्रवर्द्धनका लागि आवश्यक सूचकहरू, साथै होटेलहरूको पूर्वाधार र सेवा गुणस्तरको पुनः मुल्यांकनसम्बन्धी विषयमा राय-सुझाव माग गरेको जनाएको छ। नयाँ मापदण्डमा ‘ग्रिन हस्पिटालिटी’ अवधारणालाई समेत समावेश गर्ने तयारी गरिएको छ, जसले दिगो विकास र पर्यावरणीय सचेतनालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।