२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्जिन कारोबारका लागि १२३ सूचीकृत कम्पनी छनोट

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले धितोपत्र बजारमा मार्जिन कारोबारका लागि उपयुक्त ठहरिएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कुल १२३ कम्पनी यस सेवाका लागि योग्य रहेका छन्।

नेप्सेका अनुसार ब्रोकर कम्पनीहरूले अब सोही सूचीकृत कम्पनीहरूको सेयरमा मात्र मार्जिन लेन्डिङ सुविधा उपलब्ध गराउन सक्नेछन्। सूचीमा बैंकिङ तथा वित्तीय क्षेत्रदेखि जलविद्युत्, बीमा, होटेल लगायत विविध क्षेत्रका कम्पनीहरू समावेश छन्।

उपलब्ध विवरणअनुसार १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ वित्त कम्पनी, १७ लघुवित्त संस्था, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, एक व्यापारिक संस्था, ६ लगानी समूहअन्तर्गतका कम्पनी, २८ जलविद्युत् कम्पनी, २ उत्पादन तथा प्रशोधन उद्योग, ३ होटेल तथा २ अन्य समूहका कम्पनी उक्त सूचीमा परेका छन्।

मार्जिन कारोबारका लागि कम्पनी छनोट गर्दा निश्चित मापदण्ड तोकिएको छ। कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा वितरण भई सूचीकृत भएको, कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्ला तीन वर्षमध्ये न्यूनतम दुई वर्ष खुद नाफा आर्जन गरेको तथा प्राथमिक निष्कासनपश्चात् कम्तीमा दुई वर्ष बितिसकेको हुनुपर्ने प्रावधान कार्यान्वयनमा रहेको जनाइएको छ।

यस सुविधा उपयोग गर्न इच्छुक लगानीकर्ताले सम्बन्धित धितोपत्र दलालमार्फत मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। नेप्सेले हालै मार्जिन कारोबारसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको हो।