काठमाडौँ । मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ।
आरोप पत्रमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मी लगायतलाई प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि राजस्व हानि पुर्याउने गरी अनियमितता गरेको आरोप लगाइएको छ।










