२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा आइसिटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न

अ+ अ-

पोखरा । पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आइसिटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ।

महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी लगानी, विदेशी कमाईस समृद्ध महानगर, युवामा लगानी” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। “लाइनमा बसेर होइन, अनलाइनबाट सेवा लिन सकिने प्रणाली विकासतर्फ यो कार्यक्रम उपयोगी हुनेछ,” उनले बताए।

कार्यक्रममार्फत युवाहरूलाई आधुनिक सूचना प्रविधि-जस्तै एआई, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी र डाटा सेवामा व्यवहारिक ज्ञान प्रदान गरिएको छ। साथै, स्थानीय तहका डिजिटल समस्याहरू पहिचान गरी समाधान विकास गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य पनि राखिएको छ।

ह्याकाथनमा ६३ जनाबाट आवेदन परेकोमा ४० जना छनोट भएका थिए भने अन्तिम प्रतिस्पर्धामा ९ टोलीका २१ जना सहभागी भएका थिए। प्रतियोगितामा बाइट्स नेपाल टोलीका प्रदीप ढकाल र प्रविन बराल प्रथम भई ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए। त्यस्तै, कृषि कनेक्ट टोलीका विशाल कोइराला र निश्चल खनाल द्वितीय भई ४० हजार रुपैयाँ तथा नीति डिकोड (बोलपत्र ट्र्याकिङ सिस्टम) टोलीका शिवशंकर श्रेष्ठ र सचेतसिंह कार्की तृतीय भई ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रविधिको उपयोग समयानुकूल आवश्यक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पोखरालाई आइटी हब बनाउन सहयोग पुग्ने बताए। उनले महानगरले सूचना प्रविधि पार्क निर्माण, डिजिटल पालिका तथा अन्य प्रविधिमैत्री परियोजनाहरू अघि बढाइरहेको जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्दा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने धारणा व्यक्त गरे।

कार्यक्रम आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गण्डकी विश्वविद्यालय, नेपाल टेलिकम र एआइसिनको सहकार्य रहेको थियो। साथै, मूल्यांकनकर्ताहरूमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, अर्थविज्ञ होमनाथ गैरे, रिभ आईटीका प्रमुख कार्यकारी अधिकृत रुपेश आचार्य, नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर प्रविन नेपाली तथा अर्थसिद्धि इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि अस्मित नेपालको उपस्थिति रहेको थियो।

कार्यक्रमले युवामा नवप्रवर्तन, टीमवर्क र डिजिटल उद्यमशीलता विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।