२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक मूल्यमा हस्तक्षेप भए प्रतिरोध गर्ने नेकपाको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै नेकपाका सांसद रमेश मल्लले सम्भव भएसम्म उपसभामुख चयन सर्वसम्मत रूपमा हुन सके सकारात्मक सन्देश जाने उल्लेख गरे। यद्यपि, त्यस्तो सहमति कायम हुन नसकेको उनले बताए।

उनका अनुसार राजनीतिमा मूल्य, इमानदारी र आचरणका विषयहरू महत्वपूर्ण हुने भएकाले यस्ता पक्षप्रति सबै सरोकारवालाले गम्भीरता देखाउनुपर्ने आवश्यकता छ। उनले मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा पुस्ताकी उम्मेदवार रुबीकुमारी उपसभामुख बन्न सके लोकतान्त्रिक अभ्यास सुदृढ हुने धारणा व्यक्त गरे।

नेकपाले आफू प्रतिपक्षमा रहे पनि सरकारले जनआन्दोलनहरूबाट व्यक्त भएका अपेक्षा अनुरूप काम गरेमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने दिशामा सरकार अघि बढेमा सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारिएको छ।

साथै, लोकतान्त्रिक मूल्यमान्यतामा कुनै प्रकारको हस्तक्षेप वा सीमित गर्ने प्रयास भए त्यसविरुद्ध दृढतापूर्वक उभिने चेतावनीसमेत नेकपाले दिएको छ।