२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन समीक्षा गर्न काँग्रेसका शीर्ष नेता दाङमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरु गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी भई हालैको निर्वाचन परिणाम र संगठनात्मक अवस्थाबारे समीक्षा गरिरहेका छन्।

कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्री योगेन्द्र चौधरी र डिला संग्रौलालगायत नेताहरू उपस्थित छन्। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहेको छ।

दाङको भालुवाङस्थित होटेल पौवामा आयोजित कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको काँग्रेस’ विषयमा अन्तरसंवादसमेत सञ्चालन भइरहेको प्रदेश सभापति अमरसिंह पुनले बताएका छन्। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र कार्यशैलीबारे छलफल केन्द्रित गरिएको जनाइएको छ।

पार्टीले फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा आन्तरिक असहयोगका कारण परिणाम प्रभावित भएको विषय उठान गरेको छ। यसअघि कपिलवस्तु, पाल्पा र नवलपरासीलगायत जिल्लामा पार्टीभित्रका उम्मेदवारविरुद्ध काम गरेको आरोपमा केही नेताहरूलाई कारबाही गरिएको थियो।

समीक्षा कार्यक्रममा सहभागी नेताहरूले निर्वाचन परिणाममा आन्तरिक तथा बाह्य दुवै कारणले प्रभाव पारेको उल्लेख गरेका छन्। साथै, पार्टीभित्र अनुशासन कायम गर्न र भविष्यका निर्वाचनलाई लक्षित गरी स्पष्ट रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।