२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग यातायात व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ ।

निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार बनाउँदै महासंघले भाडा दर पुनः समायोजन गर्न माग गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि पनि इन्धन मूल्य दुई पटकसम्म वृद्धि भइसकेको उल्लेख गर्दै विद्यमान दरले सञ्चालन खर्च धान्न कठिन भएको जनाएको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार इन्धनको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर आर्थिक दबाबमा परेको छ ।

विज्ञप्तिमा मध्यपूर्वमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा परेको असर र त्यसका कारण नेपाल आयल निगमले पटक–पटक पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको उल्लेख छ । यसले यात्रुवाहक तथा मालवाहक दुवै प्रकारका सवारी सञ्चालनमा चुनौती थपिएको महासंघको भनाइ छ ।

महासंघले पछिल्ला दिनहरूमा भएको मूल्य वृद्धिलाई आधार मान्दै प्रचलित स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार भाडा दर समायोजन गर्न वा बढाइएको मूल्य फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । साथै पेट्रोलियम पदार्थमा पाँच प्रतिशतसम्मको मूल्य परिवर्तन हुँदा भाडा स्वतः समायोजन हुने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग पनि गरिएको छ ।

संगठनले देशभर सेवा सञ्चालन गर्ने आफ्ना सदस्यहरूलाई इन्धनको खपत घटाउन तथा सञ्चालन खर्च नियन्त्रणमा ध्यान दिन पनि आग्रह गरेको छ । साथै निरन्तर मूल्यवृद्धिको सट्टा दीर्घकालीन विकल्प खोज्न सरकारलाई सुझाव दिइएको छ ।

0 Comments