काठमाडौँ । नेपाल धितो पत्र बोर्डका कार्यकारी अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। शुक्रबार बसेको बोर्ड सञ्चालक समिति बैठकमा उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्।
बैठकपछि सञ्चालकहरूसँगको छलफलमा श्रेष्ठले सरकारलाई सहजीकरण गर्ने उद्देश्यले पदत्याग गर्ने निर्णय लिएको बताएका थिए। कानुनी प्रावधानअनुसार बोर्ड अध्यक्षको राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने भएकाले उनले अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा पेश गर्ने तयारी गरेका छन्।
श्रेष्ठलाई सरकारले २०८१ साल मंसिर १० गते धितो पत्र बोर्डको कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको थियो।








