२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

अ+ अ-

अत्तरिया(कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ५२ करोड २४ लाख, अन्त:शुल्कतर्फ रु ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व संकलन गरेको छ ।

कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उनले जानकारी दिए। सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको छैन ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । 

कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा रु ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व संकलन भएको उनले जानकारी दिए।

कार्यालयको गत आव २०८१/८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।

0 Comments