२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणमा जोड, व्यापार-लगानी विस्तारबारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने सहायक विदेश मन्त्री एस. पल कपुर र परराष्ट्र मन्त्री शिशिर खनालबीच मंगलबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै नेपालमा व्यापार तथा लगानी विस्तारका सम्भावनामा केन्द्रित छलफल भएको जनाइएको छ।

हालै गठन भएको नयाँ सरकारपछि कपुरको यो भ्रमण उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ। यसलाई नेपाल र अमेरिकाबीचको सहकार्यका आयामहरू विस्तार गर्ने प्रयाससँग जोडेर पनि विश्लेषण गरिएको छ।

भ्रमणका क्रममा उनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग समेत भेट गरेका थिए। सो अवसरमा दुवै पक्षबीच सहकार्यका सम्भावित क्षेत्र र नयाँ सरकारका प्राथमिकताबारे विचार आदानप्रदान भएको बताइएको छ।

यसैबीच, कपुरले अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका अवसरबारे छलफल गरेका छन्। उक्त संवादमा डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार, साइबर सुरक्षाको मजबुती तथा प्रविधिगत सीप आदानप्रदानका उपायहरूबारे विचार भएको जनाइएको छ।

तीन दिने भ्रमणअन्तर्गत उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग पनि भेट गर्ने कार्यतालिका रहेको छ।

कपुरलाई गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उक्त पदमा नियुक्त गरेका हुन्। त्यसअघि दक्षिण एशियाली मामिला हेर्ने जिम्मेवारी डोनाल्ड लु सँग रहेको थियो।

0 Comments