२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

अ+ अ-

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुई पाङ्ग्रे र चार पाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।

कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारी पत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए।

उनले भने, “मंगलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्‍यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर तीन हजार वितरण गर्‍यौँ, आठ जना कर्मचारी लाइसेन्स वितरणमा ९:०० बजेदेखि ५:०० बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न छ महिना समय लाग्छ ।”

सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी बिस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे । 

कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरु गरेपछि चार वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७:०० बजेदेखि नै  कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९:०० बजे कार्यालय खुल्ने बित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए ।

नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।

0 Comments