२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस समूह भेलामा पूर्णबहादुर खड्काको ब्रिफिङ, सदस्यता प्रणाली र आन्तरिक असन्तुष्टिबारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा जारी समूहगत छलफल बुधबार पनि निरन्तर रहेको छ।

बैठकको प्रारम्भमै उनले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र आन्तरिक संगठनात्मक प्रक्रियाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेका छन्।

खड्काले नेताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको सदस्यता प्रणाली र संगठन विस्तारको अभ्यास कस्तो हुनुपर्ने भन्नेबारे धारणा राखेका थिए। उनले वर्तमान सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले महामन्त्रीको जिम्मेवारीमा रहँदा क्रियाशील सदस्यता प्रणालीलाई अनलाइन माध्यममा रूपान्तरण गर्ने प्रस्ताव अघि बढाएको स्मरण गराए।

उनका अनुसार, क्रियाशील सदस्यता व्यवस्थापनलाई एकै चोटि पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुभन्दा पहिले साधारण सदस्यता प्रणालीलाई खुला गर्दै क्रमिक रूपमा सुधार गर्ने विषय महासमिति बैठकबाट पारित भइसकेको थियो।

तर खड्काले पछिल्लो चरणमा यही विषयमा नेताहरूबीच फरक धारणा देखिएको उल्लेख गर्दै पहिले अनलाइन प्रणालीको पक्षमा रहेका नेताहरू नै अहिले नियन्त्रणमुखी ढंगले अघि बढ्न खोजेको टिप्पणी गरे।

उनले पार्टीभित्र मतभेद र असन्तुष्टि बढ्दै गएको संकेत गर्दै संगठनभित्रका अन्तर विरोधलाई बुझेर जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

खड्काले यथार्थ स्वीकार गर्दा नेतृत्व सानो नहुने भन्दै आत्मसमीक्षात्मक संस्कार आवश्यक रहेको धारणा व्यक्त गरे। उनले नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्दै सुधारको बाटो रोज्न सक्दा मात्रै संगठन सुदृढ हुने बताए।

उनका अनुसार, पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै सबैलाई समेटेर संगठन विस्तार गर्ने दिशामा ध्यान दिनु आवश्यक छ। नेताहरूले सही विषय उठाउने र सुधारको संकेत दिने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए।

बैठकमा उनले पछिल्लो समय पार्टीभित्र असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।

0 Comments