२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । 

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । 

सिओलस्थित दूतावासका अनुसार उनले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई  प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गरिन् । 

हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत  तुम्बाहाम्फेले बताइन् । 

कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।

0 Comments