२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारी संस्थानहरूलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्दै संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए । लामो समयदेखि बल्झिएका समस्या मात्र औँल्याएर नहुने भन्दै उनले कर्मचारीहरूमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताए ।

गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उनले बताए । देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रको लामो इतिहास स्मरण गर्दै समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको बताए । गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए । ‘आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्ग निर्देश गर्छ । तपाईँहरू यो संस्थालाई गर्व गर्न लायक बनाउने गरी काम गर्नुहोस्,’ उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने ।

‘हामी नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्था हौँ । त्यसैले नागरिकको हितमा काम गर्नु हाम्रो प्रमुख दायित्व हो,’ उनले भने । सञ्चार मन्त्री तिमिल्सिनाले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गरे ।

0 Comments