२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा १३ वर्षीया बालिकाको हत्या

अ+ अ-

भीमदत्तनदगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ ।

भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

बिहीबार साथीको घरबाट कापीकलमसहित साइकलमा घर फर्किदै गरेकी बालिकाको शव आज बिहान भेटिएको हो । बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ ।

घटनास्थलमा खटिएको प्रहरी स्रोतका अनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ । प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमा समेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बालिकाको शव परीक्षणका लागि घटनास्थलबाट ल्याउन दिएका छैनन् । बालिकाको शव उखुबारीमा भेटिए पनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेला परेको थियो ।

सुरक्षाको माग गर्दै उनीहरुले प्रहरी चौकी स्थापनाको ग्यारेन्टी भएमात्रै शव लैजान दिने अडान लिएका छन् । प्रहरीलाई शव ल्याउन नदिएपछि घटनास्थलबाट प्रहरी टोली फर्किएको छ । सदरमुकाम महेन्द्रनगरबाट केही मिनेटको दूरीमा रहेको घटनास्थल क्षेत्रमा स्थानीयको भीड लागेको छ ।

कञ्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भए पनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन । केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो । रासस