२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिजिट नेपाल २०८५’ अभियान सञ्चालन गर्ने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पर्यटक आकर्षणलाई लक्ष्य गर्दै ‘भिजिट नेपाल २०८५’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइने बताएका हुन्।

सरकारले ‘भिजिट नेपाल २०८५’ अभियानको पूर्वतयारीस्वरूप विदेशी पर्यटक आगमन संख्या वृद्धि, प्रति पर्यटक खर्च बढाउने तथा बसाइ अवधि लम्ब्याउने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तीव्र बनाउने जनाएको छ।

नीति तथा कार्यक्रममा अध्यागमन बिन्दुदेखि नै पर्यटकीय अनुमति तथा सेवाहरूलाई एकीकृत गर्ने गरी एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गरिने उल्लेख छ। साथै पर्वतीय पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउन खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग आबद्ध गरिने नीति लिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन, पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ई-गेट प्रणाली जडान गरी यात्रु प्रतीक्षा समय घटाउने योजना पनि अघि सारेको छ।

त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

0 Comments