२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० क्रिकेटमा विराट कोहलीको नयाँ कीर्तिमान, १० शतकसँगै सबैभन्दा छिटो १४ हजार रन पूरा

अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टी-२० क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अविजित १०५ रन बनाएपछि उनले एकै खेलबाट विभिन्न उपलब्धि आफ्नो नाममा दर्ता गराएका हुन् ।

यस प्रदर्शनसँगै विराट कोहली टी-२० क्रिकेटमा १० शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । समग्र टी-२० क्रिकेटमा भने १० वा सोभन्दा बढी शतक बनाउने खेलाडीको सूचीमा उनी चौथो स्थानमा पुगेका छन् । यसअघि क्रिस गेलले २२, बाबर आजमले १३ तथा डेभिड वार्नरले १० शतक पूरा गरिसकेका छन् ।

कोहलीले यही इनिङ्समार्फत टी-२० क्रिकेटमा १४ हजार रन पनि पूरा गरेका छन् । उनले ४०९ इनिङ्समा उक्त उपलब्धि हासिल गर्दै सबैभन्दा कम इनिङ्समा १४ हजार रन बनाउने कीर्तिमान कायम गरेका हुन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । उनले ४२३ इनिङ्समा उक्त उपलब्धि हासिल गरेका थिए ।

आईपीएलमा विराट कोहलीको यो नवौँ शतक हो । प्रतियोगिताको इतिहासमा सर्वाधिक शतक बनाउने खेलाडीसमेत बनेका उनले दोस्रो स्थानमा रहेका जोस बटलरलाई पछाडि पारेका छन् । बटलरको नाममा सात शतक रहेका छन् । कोहलीका नौमध्ये तीन शतक लक्ष्य पछ्याउने क्रममा बनेका छन्, जुन आईपीएलमा संयुक्त रूपमा सर्वाधिक हो ।

कोलकाता नाइट राइडर्सविरुद्धको खेल विराट कोहलीको २७९औँ आईपीएल खेल पनि बनेको छ । यससँगै उनले महेन्द्र सिंह धोनी र रोहित शर्मालाई उछिन्दै आईपीएल इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् । धोनी र रोहितले समान २७८ खेल खेलेका छन् ।

उक्त खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका कोहलीले आईपीएलमा २१औँ पटक यो अवार्ड जितेका हुन् । भारतीय खेलाडीमध्ये उनी रोहित शर्मासँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् । समग्र सूचीमा भने एबी डीभिलियर्स र क्रिस गेल उनीभन्दा अगाडि रहेका छन् ।

यसैबीच, लगातार दुई खेलमा शून्य रनमा आउट भएपछि त्यसपछिको खेलमै शतक बनाउने पहिलो आईपीएल खेलाडीको कीर्तिमान पनि विराट कोहलीले कायम गरेका छन् । यसअघि उनी लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सविरुद्ध ‘डक’ भएका थिए ।

0 Comments