काठमाडौँ । पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनामा हटाउने कार्य अघि बढाएको छ।
महानगरपालिका-९ अन्तर्गत पृथ्वीचोक बसपार्क क्षेत्र आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा तथा अन्य संरचनामा नगरले डोजर सञ्चालन गरी हटाएको हो।
सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सो क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाइएको महानगरले जनाएको छ।
कारबाहीका क्रममा महानगरको प्राविधिक टोली, नगर प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी संरचना हटाउने काम सम्पन्न गरिएको बताइएको छ।







