२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

अ+ अ-

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ । 

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्द्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै यहाँका चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता गरिएको हो । 

सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिकाबीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा विभागका महानिर्देशक रवीन्द्र बोहरा तथा सम्बन्धित नगरपालिकाका प्रमुख एवं प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब ८५ मिलियन अमेरिकी डलर (करिब रु. १२ अर्ब ६६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ । पाँच वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब रु. ४६ करोड बराबरको लगानी गरिने जनाइएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष कुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुआत मै परियोजना अन्तर्गत पहिलो किस्ताका रूपमा प्रत्येक नगरपालिकामा करिब रु. नौ करोड उपलब्ध गराइने छ ।

परियोजनाको मुख्य लक्ष्य बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जनका अवसर सिर्जना गर्नु रहेको छ । परियोजना मार्फत पर्यटक बसाइँ अवधि वृद्धि, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटनजन्य सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बुद्धको जीवनसँग जोडिएका ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धनबाट अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्  ।

परियोजना अन्तर्गत सम्पदामैत्री पदमार्ग, विश्राम स्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड, सङ्केत चिह्न, खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनका संरचना निर्माण गरिने छन् । साथै, स्थानीय युवालाई पथप्रदर्शकका रूपमा तालिम दिई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

गन्तव्य विकास र पर्यटन व्यवस्थापन सम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष तथा नेपाल पर्यटन बोर्डले समन्वय गर्नेछन् भने भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागले लिने छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले परियोजनाले लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ अवधि बढाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताएकी छन् ।

पर्यटन व्यवसायीहरूले पनि परियोजनाको प्रभावकारी कार्यान्वयन भए बुद्ध जन्मस्थल लुम्बिनी तथा आसपासका क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । हाल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटकको बसाइँ अवधि छोटो रहेकाले त्यसलाई बढाउन पूर्वाधार तथा सेवा विस्तार आवश्यक रहेको व्यवसायीको भनाइ छ । 

0 Comments