एजेन्सी । म्यानमारको गृहयुद्धमा प्रयोग गरिएको ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा तीन जना म्यानमारका आप्रवासीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थाई प्रहरीले बुधबार जनाएको छ ।
थाई अधिकारीहरू म्यानमारको करेन राज्यको विपरीत टाक प्रान्तमा विस्फोट भएको खबर प्राप्त भए पछि घटना स्थलमा पुगेको स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुंकोङलाई उदृत गर्दै एएफपीले बताएको छ ।
आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तिनीहरू सबै म्यानमारका आप्रवासी कामदारहरू रहेको प्रहरीले पुष्टि गरेको छ । हुनु दुई देशको सीमामा रहेको रूखमा ठोक्किएर ड्रोन विस्फोट हुँदा नजिकैको खेतमा काम गर्ने मजदुरहरूको मृत्यु भएको अनुसोर्नले बताएका छन् ।
आक्रमणमा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको उनले बताए ।
सन् २०२१ को विद्रोहमा सेनाले सत्ता कब्जा गरे देखि म्यानमारका सशस्त्र सेनाहरू प्रजातन्त्र समर्थक गुरिल्ला र शक्तिशाली जातीय–अल्पसंख्यक सशस्त्र समूहहरूसँग लडिरहेका छन् ।
म्यानमाको सीमावर्ती क्षेत्रमा विभिन्न जातीय–अल्पसंख्यक गुटहरूको बसोबास स्थल हो, जस मध्ये धेरैले सन् १९४८ मा बेलायतबाट देश स्वतन्त्रता भए देखि स्वायत्तता र आकर्षक प्राकृतिक स्रोतहरूको नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् ।
सैन्य र जातीय सेना दुवैले युद्धमा ड्रोन प्रयोग गर्ने गरेको उल्लेख गर्दै थाई क्षेत्रमा विस्फोट भएको उक्त ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने बारे अझै स्पष्ट नभएको जनाएका छन् ।
विद्रोही गुटहरूले राज्यको धेरै भाग नियन्त्रणमा राखेका छन् भने मङ्गलबार सेनासँग भएको लडाइँले म्यानमारका धेरै मानिसहरूलाई सीमा पार गरेर थाइल्यान्डमा पलायन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।







