२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु भएको घटनाको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन

अ+ अ-

काठमाडौँ । मकवानपुरको सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परी छ जना किशोर खेलाडीको ज्यान गएको घटनाबारे अध्ययन तथा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

परिषद्ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको जनाएको छ।

उपसमितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारंगीन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई गठन भएको मितिदेखि २१ दिनभित्र घटनासम्बन्धी अध्ययन सम्पन्न गरी प्रतिवेदन परिषद्समक्ष पेश गर्ने जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

गत १२ असोज २०८१ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी विद्यालय परिसर सञ्चालनमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा पहिरो जाँदा छ जना किशोर खेलाडीको मृत्यु भएको थियो। उक्त घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनले ज्यान गुमाएका थिए।

घटनापछि मृतक खेलाडीका परिवारजनले व्यवस्थापकीय कमजोरीका कारण दुर्घटना भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। सोही मागअनुसार खेलाडीका आफन्तले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए र मन्त्रालयले आवश्यक अध्ययन तथा छानबिनका लागि राखेपलाई निर्देशन दिएको जनाइएको छ।

0 Comments