२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालेनको पुलिस होइन’ भन्ने अभिव्यक्ति दिएका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

अ+ अ-

काठमाडौँ । कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागू औषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनीसँग सोधपुछ गर्न जिल्ला प्रहरीले बोलाएको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य बुझ्नका लागि जिल्ला बोलाइएको बताइएको छ । कार्यक्रममा चौधरीले ‘अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्दै प्रहरी संगठनको निष्पक्ष भूमिकाबारे धारणा राखेका थिए।

उनले आफूहरू राजनीतिक प्रभावबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर प्रहरी सेवामा आएको उल्लेख गर्दै ‘हामी भोट, टीका वा दारुभात खाएर आएका होइनौँ’ समेत बताएका थिए।

भिडियो सार्वजनिक नगर्न उनले कार्यक्रममा आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। त्यसपछि उत्पन्न भएको चर्चा र विवादका बीच जिल्ला प्रहरीले उनको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा सोधपुछका लागि बोलाइएको जनाएको छ।

Leave a Reply