२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति-कार्यक्रम स्वीकृत

अ+ अ-

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिए । 

बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल दुई हजार ६२० विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । 

विश्वविद्यालयका आठ सम्बन्धन प्राप्त कलेज र आठ सहकार्यमा सञ्चालित कलेज छन् । विश्वविद्यालयमा २०२ अन्तरराष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । 

चीन, जापान, भारत, कोरियालगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारी पत्र सम्पन्न गरी अन्तरराष्ट्रिय सहकार्य विस्तार गरेको, पाठ्यक्रममा माइक्रो-सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए । 

विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा प्रगति हासिल गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

Leave a Reply