कर्णाली । कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए ।
पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ ।
प्रजिअ भट्टराईले भने, “सडक डिभिजन कार्यालय जुम्लाको कालिकोटको टिमुरे भिरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ ।”






