१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास अभाव नभएको निगमको दाबी, समस्या भए हटलाइनमा सम्पर्क गर्न आग्रह

अ+ अ-

काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति नियमित रहेको दाबी गर्दै अभावसम्बन्धी हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

निगमका अनुसार पछिल्लो समय मागमा भएको वृद्धि व्यवस्थापन गर्न आयात परिमाणसमेत बढाइएको छ। सामान्य अवस्थामा मुलुकभर मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा आकस्मिक मागलाई ध्यानमा राख्दै थप परिमाणमा आपूर्ति व्यवस्था मिलाइएको निगमले जनाएको छ।

निगमका अनुसार साउन १ गतेदेखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ। मागअनुसार बजारमा वितरण भइरहेको भन्दै निगमले कुनै क्षेत्रमा आपूर्ति समस्या देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा उच्च माग रहेका क्षेत्रका उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न टेकुस्थित निगम कार्यालयबाट समेत ग्यास वितरणको व्यवस्था गरिएको छ। निगमका अनुसार नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री भइरहेको छ।

ग्यास बिक्री वितरणमा पारदर्शिता कायम गर्न निगमले विक्रेताहरूलाई उपभोक्ताको विवरण अनिवार्य रूपमा अभिलेख राख्न निर्देशन दिएको छ। घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न भनिएको निगमले जनाएको छ।

निगमले ग्यास नपाएको, आपूर्ति सम्बन्धी समस्या परेको वा कुनै गुनासो भए कार्यालय समयमा हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरेको छ। उपत्यका बाहिरका उपभोक्ताले सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोमार्फत पनि आवश्यक जानकारी लिन सक्ने निगमले जनाएको छ।

0 Comments