२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा.लिलाई उपस्थित हुन पत्राचार

अ+ अ-

काठमाडौँ । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा. लि (उद्योग)लाई छलफलका लागि उपस्थित हुन आज पत्राचार गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बालाजुले सम्झौता विपरीत गतिविधि गरेको भन्दै छलफलका लागि उपस्थिति हुन आह्वान गरेको हो ।

शाखा कार्यालय बालाजुले पठाएको पत्रमा उद्योगले सम्झौता मुताविक विभिन्न शर्त पालना नभएको भन्दै तत्काल दुई पक्षबीच सहमति गर्न छलफलका लागि आग्रह गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपश्चात् औद्योगिक क्षेत्रभित्र सञ्चालनमा आएका उद्योगी तथा विभिन्न कम्पनीबीच सम्झौता कार्यान्वयनमा ल्याउन थालनी भएको छ ।

औद्योगिक परिसरमा सञ्चालित उद्योगी तथा कम्पनीलाई सम्झौताको नियम पालन गर्न र गराउन मन्त्री यादवले तत्निकायलाई कडा निर्देशन दिएकी छिन् ।

यसैबीच, उद्योगका प्रतिनिधिले कार्यालयको पत्र बुझ्न नमानेपछि उक्त पत्र उद्योग तथा कम्पनीका ढोकामा टाँस गरी मुचुल्कासमेत गरिएको छ । कार्यालयका अनुसार सम्झौतामा गाडी मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालन गर्न जग्गा उपलब्ध गराइएको भए पनि सम्झौताको उद्देश्य विपरीत गतिविधि भएको थियो ।

उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारीसाधनको मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि सोहीअनुसार कार्य नभएको कार्यालयको पत्रमा उल्लेख छ । यसअघि कार्यालयले सम्झौताको शर्तअनुसार काम गर्न समय सीमासहित निर्देशन दिएको थियो । तोकिएको समयभित्र सम्झौताअनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत पत्रमा उल्लेख छ ।

कार्यालयले उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा पानीको सेवा विच्छेद गरेको थियो । सेवा विच्छेदका कारण उत्पादन बन्द भएको भन्दै उद्योगले असहमति जनाए पनि सम्झौतामा क्षेत्र र उद्योगबीच विवाद उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

पत्र बुझ्न नमानेपछि उद्योगको ढोकामा पत्र टाँस गरी मुचुल्का गरिएको घटनाले भने अब औद्योगिक क्षेत्र व्यवस्थापन सम्झौता कार्यान्वयनमा थप कडाइका साथ अघि बढ्ने संकेत मिलेको बताइन्छ ।

0 Comments