२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्र मन्त्रीको जोड

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ  विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका उक्त मुलुकका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उनले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । 

परराष्ट्र मन्त्री खनालले लगानीका लागि नयाँ-नयाँ क्षेत्र पहिचान गर्न आवश्यक भएको बताउँदै ऊर्जा र उत्पादन क्षेत्रसँगै पारस्परिक सहकार्यका अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले शिक्षा क्षेत्रमा दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल- कोरिया सम्बन्धको नमूना बनेको  बताए। यसबाट दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनेको परराष्ट्र मन्त्रीको कथन थियो ।

राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताए। उनले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे । 

0 Comments