२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोका कारण इलाम नगरपालिका-९ राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टे क्षेत्रमा त्रिशूलीले सडक कटान गरेपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका-७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालिगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका-१ लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका-२ बैसेरी र अन्नपूर्ण गाउँपालिका-७ भिरकाटेमा पहिरो खसेकाले बेनी-जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका-७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

0 Comments