१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको व्यापार छाडेर म्याग्दी फर्किएका दाजुभाइ, कुखुरा पालनबाट सफलता

अ+ अ-

म्याग्दी । काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका-२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्किनुपर्ने बाध्यता आयो ।

बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरा पालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएका छन् ।

“विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरा पालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको रिजाल एग्रो फार्म हाल रत्नेचौर, कुरिलाखर्क, बरबुटा र चुत्रेनीमा विस्तार भएको छ ।

व्यवसायी दीर्घले भने, “हाल सात हजार लेयर्स र पाँच हजार ब्रोइलर कुखुरा छन् । परिवारका चार जना सदस्यसहित २० जनाले रोजगारी पाएका छौ ।

रु. दुई करोड लगानी रहेको फार्मले गत वर्ष रु १६ करोडभन्दा बढीको कारोबार गरेको उनले बताए । “सुरुआती दिनमा बैंकले ऋण नपत्याएको र ग्राहकलाई पनि उत्पादनको बारेमा बुझाउनुपर्ने अवस्था थियो,” उनले भने “निरन्तरता र गुणस्तरमा जोड दिएका कारण रिजाल एग्रोको आफ्नै ब्रान्ड बनेको छ । बजारमा मासु, अण्डा र कुखुराको बिक्रीमा समस्या छैन ।”

जिल्ला सदरमुकाम बेनी र आसपासका स्थानीय बजारमै अण्डा खपत हुने गरेको छ । फार्ममा उत्पादन भएका अण्डाका साथै उद्योगबाट दाना ल्याएर बिक्री गर्न बेनी बजारमा पसल पनि सञ्चालन गरिएको छ । कुखुराको मासुको माग उच्च रहेकाले बेनी बजार वरपरका क्षेत्रमा खाली रहेका खोरहरू भाडामा लिएर ब्रोइलर जातको कुखुरा पालन विस्तार गरेको सञ्चालक रिजालले बताए ।

म्याग्दीमा प्रोल्टीव्यवसायको भविष्य देखेर नै विदेशमा अध्ययन गरेर त्यहाँका अवसर त्यागेर व्यवसायमा लागेको फार्मका अर्का सञ्चालक मुकुन्द रिजालले बताए । “आफ्नै देशका केही गरौँ भन्ने सोचले न्युजिल्यान्डको अवसर छाडेर व्यवसायमा लागेको हो,” उनले भने, “पोल्ट्री व्यवसायलाई नै थप व्यवस्थित र विस्तार गर्ने योजनामा छौँ ।”

स्थानीय स्तरमा प्राविधिक जनशक्ति र कामदारको अभाव तथा फार्मसम्म पुग्ने पहुँच मार्ग कच्ची भएकाले ढुवानीको चुनौती रहेको सञ्चालक रिजाल दाजुभाइको भनाइ छ । 

0 Comments