२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा सात सय घरमा विद्युत् सुविधाको पहुँच

अ+ अ-

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८२/ ०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता धवलागिरि गाउँपालिकाको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ, मालिकाको महभिरमा विद्युत् सुविधा विस्तार भएको जानकारी दिए ।  

मल्कवाङका एक सय १०, खोरियामा ६०, लमसुङमा २५, महभिरमा एक सय २० र फलीयागाउँमा एक सय ५० वटा विद्युतको मिटर जडान भएको उनले जानकारी दिए । “धवलागिरीको लुलाङ र रघुगंगाको चिमखोलामा केन्द्रिय लाइन पुगेपनि लघु जलविद्युत परियोजनाको विद्युत् उपभोग गरिरहेका उपभोक्ता मिटर लिन आएका छैनन्,” उनले भने “फलियागाउँमा यसअघिनै विद्युतीकरण भए पनि लघु जलविद्युत परियोजना बन्द भएपछि उपभोक्ताले मिटर लगेका छन् ।”

केन्द्रका प्रमुख गामीका अनुसार धवलागिरिको खिवाङ, मालिका गाउँपालिकाको पन्थोक, जुग्जा, सिस्नेरी, खवाङ, अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाडा, फुलवारी र डाडाखर्कमा केन्द्रिय लाइन विस्तारको तयारी भएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा विजुली बलेपछि खुसीयाली छाएको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताए। 

घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । पछिल्लो वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्र अन्तरगत २४ हजार चार सय ९० विद्युतका ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए। आर्थिक वर्ष २०८१/८२ मा आठ सय ७४, आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ३८, २०७९र०८० मा एक हजार दुई सय ३८, २०७८/७९ मा सात सय ७० घरधुरीमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्यांक छ । 

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत एक करोड ८४ लाख ७३ हजार सात सय ७९ युनिट विद्युत् खपत हुँदा रु। ९९ करोड ८५ लाख ६९ हजार सात सय ४९ महसुल संकलन भएको छ । समयमा महसुल नबुझाउने ९८ जना ग्राहकको लाइन काटेर रु. २५ लाख ६८ हजार तीन सय ३० बक्यौता असुल गरिएको छ । ६० दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिना सम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।

0 Comments